चिनियाँ जनराजनीतिक कंग्रेसको अधिवेशन सुरु



चीनको १३ चिनियाँ जनराजनीतिक कंग्रेसको सम्मेलनको तेस्रो अधिवेशन सुरु भएको छ । सन् १९९८ देखि नियमित रुपमा मार्च ३ मा सुरु हुने अधिवेशन यसवर्ष भने कोरोना महामारीका कारण पूर्व निर्धारित तालिका भन्दा ढिलो सुरु भएको हो । कोरोना महामारीका कारण २ महिना ढिलो सुरु भएको राजनीतिक गतिविधिले अब चीन पुरानै लयमा फर्कन लागेको बताइएको छ ।

सन् २०२० मा चिनियाँ जनराजनीतिक कंग्रेसको सम्मेलनले महामारी नियन्त्रण सामान्यीकरण गर्ने र आर्थिक, सामाजिक विकासको कार्यलाई व्यवहारमा उतार्ने विषयमा छलफल गर्ने बताइएको छ बैठकमा प्रधानमन्त्री ली खछ्याङले आगामी वर्षका लागि आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने बताए । प्रधानमन्त्री खछ्याङले भने, ‘हाम्रो देश केही समस्यासँग जुधिरहेको छ ।

यस्तो अनिश्चिततापूर्ण समयमा प्रगतिको अनुमान लगाउन कठिन हुन्छ । यो अनिश्चितता कोरोना भाइरसका कारण पैदा भएको हो । यसले विश्वकै अर्थव्यवस्था र व्यवसायमा ठूलो प्रभाव पारेको छ ।’ त्यस्तै चीनको बजेट घाटा पनि गत वर्षको तुलनामा बढेको बताइएको छ । चीनले सन् १९९० देखि आर्थिक वृद्धिदरको लक्ष्य प्रकाशित गर्न थालेको थियो । त्यसयता लगातार चीनले आफ्नो आर्थिक वृद्धिदर घोषणा गर्दै आएको थियो । यस वर्ष पहिलो पटक चीनले आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने भएको हो ।

सम्मेलनमा गरिबी निवारणको लक्ष्य पूरा गर्ने लडाईँमा विजयी भएर समाजको चौतर्फी निर्माण पूरा गर्न प्रत्याभूति दिने विषयमा समेत छलफल हुने बताइएको छ । महामारीको पृष्ठभूमिमा चीनले आर्थिक तथा सामाजिक विकासका लक्ष्य कसरी पूरा गर्ने भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । एका साता चल्ने अधिवेशनमा चिनियाँ जन राजनीतिक कंग्रेस सम्मेलनको स्थायी समितिको प्रतिवेदन अनुमोदनका साथै सरकारको कार्य विवरणमा पनि छलफल हुने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील

बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

पाकिस्तानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते

इस्लामवाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको

इजरायलमा साइबर सुरक्षा सप्ताह सुरु

जेरुसेलम । इजरायलले आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको