हङकङको अस्तित्व नै अन्त्य हुनसक्ने चेतावनी



चीनले सुरक्षासम्बन्धि नयाँ कानून ल्याउने भएपछि हङकङको अस्तित्व नै अन्त्य हुन सक्ने भन्दै त्यहाँका प्रजातन्त्रवादीहरुले चिन्ता व्यक्त गरिएको छ । प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आए हङकङको विलय हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उता अमेरिकाले चीनको घोषणाले सो क्षेत्रमा अस्थिरता पैदा गर्ने सम्भावना रहेको टिप्पणी गर्दै हङकङलाई स्वायत्तता प्रदान गर्ने चीनको वाचा विपरित नयाँ कानून ल्याउन खोजेकामा आपत्ति जनाएको छ । चीनको नेशनल पिपुल्स कंग्रेसमा शुक्रबार उक्त कानूनमा रहेको देशद्रोह र राज्यच्यूत सम्बन्धी व्यवस्थाबारे छलफल हुने जनाइएको छ ।

चिनियाँ समर्थकहरु राजनीतिक प्रदर्शनमा हुने हिंसा नियन्त्रण गर्न नयाँ कानून उपयुक्त हुने बताइरहेका छन् भने विपक्षीहरुले चीनले यसलाई हङकङको आधारभूत स्वतन्त्रता खण्डित गर्न प्रयोग गर्ने खतरा औल्याइरहेका छन् । सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ ।

चीनको हिस्सा भएर पनि हङकङ अलग छ । चीनले हङकङको स्वायत्ततालाई कुण्ठित गर्न प्रयास गरिरहेको अधिकारकर्मी तथा प्रजातन्त्र पक्षधरहरुले आरोप लगाइरहेका छन् । गत वर्ष मात्र सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमा उत्रिएपछि उक्त विधेयक फिर्ता लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको

बुर्किना फासोका विभिन्न गाउँमा भएको आक्रमणमा १७० जनाको मृत्यु

उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ

कतारी र अमेरिकी राजदूत हमाससँगको वार्ताका लागि कायरोमा

गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका

जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह

  रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका