कोभिड-१९ विरुद्ध चीन संसारको साथमा छः प्रवक्ता जिओ



संयुक्त राज्य अमेरिका लगायतका केही देशहरुले चीनले जारी कोभिड १९ महामारी विरुद्धका लडाईंका प्रयासहरुमा सफलता पाउने छैन भन्ने अप्रमाणित अफवाहरु फैलाईरहेका छन् । चिनियाँ जन कँग्रेसको राजनीतिक सम्मेलनको तेस्रो सेसनपछि आयोजित एक पत्रकार सम्मेलनमा वुधवार प्रवक्ता जिओ वेलमिनले भने, केही राजनीतिज्ञहरुले अप्रमाणित रुपमा भाईरस चिनले फैलाएको भनेर गलत अफवाह फैलाएका छन् ।

राजनीतिक विचारधाराको अनाधिकृत प्रभाव बिस्तार गरी विश्व राजनीतिक मन्चमा आफ्नो प्रभाव बढाउनका लागि नै यसरी सुनियोजित रुपमा चीनलाई लाञ्छित गर्ने प्रयाश भैरहेको उनले बताए । राजनीतिक विचारधाराको फरकपना वा आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नैका लागि यस्तो आधारहिन हर्कत गरिएको उनले स्पष्ट पारे ।

चिनियाँ सरकारले यस्ता प्रमाणबिहीन र आधारहीन दाबी र आरोपहरुलाई पूर्णतःअस्वीकार गर्दै खारेज गरिसकेको छ । मुलतः विश्व स्वास्थ्य संगठन लगायत केही स्थापित अन्तर्राष्ट्रिय संघसंस्थाहरु र ख्यातिप्राप्त प्रतिष्ठित विषय विज्ञहरुद्वारा पनि चीनविरुद्ध फैलाईएका गलत भ्रमहरुलाई चिर्न उनीहरुले आफ्ना तथ्यपूर्ण मतहरु सार्वजनकि गरिसकेका छन् ।

जहाँसम्म चीनले उपलव्ध गराएका स्वास्थ्य सामाग्रीहरुको गुणस्तरमाथिको सवालछ, त्यसमा चीनभित्र अन्य देशलाई उपलव्ध गराईएका स्वास्थ्य सामाग्रीहरुमा एकरुपता नभएको भन्ने कुरा सत्य होइन । त्यसमा कतिपय उत्पादकका कुरा जोडिएका हुन्छन् भने कतिपय देशका फरक फरक प्रयोगकर्ताहरुका कारण पनि तिनको सही तरीकाको प्रयोगमा बिभिन्नता देखिएको हुन सक्छ । खासगरी सही रुपमा मेडिकल सामग्रीहरुको प्रयोग गर्न नसकेको कारण स्वास्थ्य सामग्रीहरुको गुणस्तरमाथि केही प्रश्न उठेका हुन् सक्छन् ।

खासगरी चीनले अत्याधिक संख्यामा यस्ता स्वास्थ्य सामग्रीहरु उत्पादन गरी संसारलाई नै वितरण गरेको छ । अत्यन्तै ठूलो संख्यामा संसारलाई उपलव्ध गराईएका मध्ये अत्यन्तै थोरै मात्राका स्वास्थ्य सामग्रीहरुमा केही प्रश्नहरु उठेका थिए, त्यो एकदमै न्यून हो । तर त्यसको गुणस्तरीयताको प्रश्नलाई चीनले गम्भीर रुपमा लिएको छ ।

स्वास्थ्य सामाग्रीको गुणस्तरीयताको सन्दर्भमा त्यो उच्च कोटीको गुणस्तरीय हुनैपर्छ । यसमा दुईमत नै छैन । चिनियाँ सरकारले गुणस्तरीय स्वास्थ्य सामग्रीको हकमा कुनै सम्झौता गर्दैन र कुनै खालको छुट पनि दिँदैन । गुणस्तरहीन स्वास्थ्य सामग्रीप्रति चीन सरकारको नीति शून्य सहनशीलताकै नीति हो । स्वास्थ्य सामग्री उत्पादक तथा वितरकहरुलाई गुणस्तर कायम गर्न र सुरक्षा ग्यारेन्टी गर्न चीन सरकारले कडा निगरानी गरिरहेको छ ।

कोभिड १९ को संकट विरुद्ध लड्न संसारलाई चीनले मानवीयताको आधारमा सतप्रतिशत सहयोग, सहकार्य र ऐक्यवद्धता जनाउँदै आएको छ । संसारकै मानिसको जीवन रक्षा र मानवीयता नै कोभिड १९ विरुद्ध संसारलाई सघाउने न्यूनतम चिनियाँ नीति हो ।

कुनै पनि बहानामा विश्व शक्ति राष्ट्र हुनका लागि चीनले यस्ता गलत उपायहरुको सहारा लिन्छ भन्ने आरोपहरु आफैंमा गलत, र भ्रामक हुन् । खासमा त्यस्ता सोचहरु सानो सोच र लघुताभाषका परिणामहरु हुन् । चीन मानवीय मूल्यको रक्षार्थ कोभिड १९ विरुद्ध संसारलाई साथ दिन्छ, दिँदै आएको छ ।

चीन विश्व शान्तिको एक सर्जक हो । विश्व विकासको एक सूत्रधार र खम्वा हो । विश्व व्यवस्था र विश्वभरको मानव जीवनलाई सुरक्षा गर्नु चीनको दायित्व हो । संसारलाई सुरक्षित गर्न बाँकी विश्वसँग हातेमाले गर्ने चिनियाँ नीति र प्रयास हो । यो निरन्तर जारी रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे