कोरोना संक्रमितको सङ्ख्या विश्वभर ५० लाख नाघ्यो



संसारभरि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको सङ्ख्या ५० लाख पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाभाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ लाख २८ हजार भन्दा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बुधवार संसारभरि एक लाख ६ हजार जनामा सङ्क्रमण पुष्टि भएको बताएको थियो । यो एकै दिन पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो । अहिलेसम्म अमेरिका, रुस, ब्रजिल र वेलायतमा सर्वाधिक सङ्क्रमित छन् ।

एशियामा भारत सबैभन्दा बढी प्रभावित देखिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कम र मध्यम आय भएका देशहरूमा सङ्क्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो दश लाख सङ्क्रमण दुई हप्ताभन्दा कम समयमा भएको तथ्याङ्कले देखाउँछ । विज्ञहरूले सङ्क्रमितको कुल सङ्ख्या परीक्षणको अभावमा कम देखिएको हुन सक्ने बताउँदै आएका छन् ।

डा. टेड्रोसले भने, ‘विगत २४ घण्टामा एक लाख ६ हजार वटा सङ्क्रमण पुष्टि भएका छन् जुन एकै दिनमा देखिएको सर्वा्धिक सङ्ख्या हो।’ उनले यो महामारी अझै लामो समय चल्न सक्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको

बुर्किना फासोका विभिन्न गाउँमा भएको आक्रमणमा १७० जनाको मृत्यु

उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ

कतारी र अमेरिकी राजदूत हमाससँगको वार्ताका लागि कायरोमा

गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका

जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह

  रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका