ब्राजिलमा कोरोना संक्रमितलाई मलेरियाविरुद्धको औषधि प्रयोग गर्न अनुमति
ब्राजिलमा कोरोना संक्रमितलाई मलेरियाविरुद्धको औषधि प्रयोग गर्न अनुमति दिइएको छ । ब्राजिलले कोरोना संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।
मलेरियाविरुद्धको औषधि कोरोना संक्रमितका लागि प्रयोग गर्न सकिन्छ भनेर प्रमाणित गर्न नसके पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले भने यो औषधि संक्रमितमा प्रयोग गर्न अनुमति दिएको हो ।
मार्च महिनामा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सामाजिक सञ्जालमा हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने दाबी गरेका थिए ।