बिकनी ब्रामा नर्स अस्पताल छिरेपछि….
मध्य रूसको टुला अस्पतालमा बिरामीहरूलाई बिकनी ब्रा मात्र पहिरिकन सेवा दिने एक महिला नर्स भाइरल भएकी छिन् ।
तुल्स्की नोभोस्तीले यो फोटो पहिलो पटक मंगलबार अबेर समाजिक सञ्जालमा हालेपछि प्लास्टिकबाट बनेको सुरक्षा पहिरन भित्र बिकनी ब्रामा देखिएकी ती नर्स भाइरल भएकी हुन् ।
मस्कोको दक्षिण तर्फ १९३ किलोमिटर टाढा रहेको तुला क्षेत्रको यो अस्पताल सबै भन्दा ठूलो सरूवा रोगको अस्पतालबाट यो फोटो लिइएको छ । ती नर्सले यो पहिरन धेरै तातो हुने अनुभव गरी सुरक्षा पोशाक भित्र बिकनी र ब्रा लगाउने निर्णय गरेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ ।
कतिपयले चर्चामा आउन यस्तो फोटो पहिरिएको आरोप पनि लगाएका छन् । फोटो भाइरल भएपछि स्वास्थ्य मन्त्रालयको क्षेत्रीय अधिकारीले नर्सलाई आचार सहिता पालना उल्लंघन गरेको भनी स्पस्टीकरण सोधेको मन्त्रालयले जनाएको छ । तर आम रूसीहरूले सुविधा अनुसार सुरक्षा पोशाक लगाएर काम गरेको भन्दै नर्सको बचाउ गरेका छन् ।