३० दिनभित्र सुधार नगरे डब्लूएचओलाई सहयोग रोक्ने अमेरिकाको चेतावनी



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड १९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका छन् । पत्रमा डब्लूएचओले तीस दिनभित्र “उल्लेख्य सुधारहरू“ गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनिएको छ ।

ट्रम्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्र आफ्नो ट्वीटमा सार्वजनिक गरेका हुन् । पत्रमा ट्रम्पले सङ्गठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै भनिएको छ, “वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक बेवास्ता गर्यो।“

उनले सङ्गठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै यसको लागि ’अबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनु’ भनेका छन् । उनले सङ्गठनले ठूलो र ठोस प्रगति देखाउन नसके अमेरिकी सहयोग नदिने अस्थाथी निर्णयलाई स्थायी बनाउने र आफ्नो देशको सदस्यताबारे पुनर्विचार गर्ने बताएका छन् ।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन चीनको कठपुतली भएको आरोप लगाएका छन् । विश्व स्वास्थ्य सङ्गठनको निर्णायक निकाय वल्र्ड हेल्थ असेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन् । राष्ट्रपति ट्रम्पले गत महिना नै विश्व स्वास्थ सङ्गठनलाई दिँदै आएको पैसा रोक्का गर्ने घोषणा गरेका थिए । अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई धेरै पैसा दिने सबैभन्दा ठूला देशहरूमध्येमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट