चीनले डब्लूएचओलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको हो । कोरोनाभाइरस विरुद्ध लड्नका लागि सहयोग गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिनफिङले बताए ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरससम्बन्धी सम्पूर्ण विवरण चीनले डब्लूएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गर्ने बताइरहेका बेला चीनले भने सहयोगको घोषणा गरेको हो ।