हङ्‌कङको संसद्‌मा चिनियाँ राष्ट्रगानबारे विवाद



चिनियाँ राष्ट्रगानसम्बन्धी एउटा प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएपछि हङ्कङको संसदमा झडप भएको छ । त्यसक्रममा केही प्रजातन्त्रवादी सांसदहरूलाई घिसारेर बाहिर निकालिएको छ । प्रस्तावित कानुनमा चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने प्रावधान छ । उक्त अध्यादेशलाई प्रभावित पार्न सक्ने एउटा संसदीय समितिको नेतृत्वबारे सांसदहरूबीच विवाद भएको थियो ।

संसद्बाट बाहिर निकालिएका एक सांसद एडी चुले यदि हङ्कङमा प्रजातन्त्र भएको भए आफूहरुले झगडा गर्नुपर्ने अवस्था नआउने बताए । संसद्मा भएको तनावले हङ्कङभित्र विद्यमान विभाजनको सङ्केत गर्छ । कोरोनाभाइरस महामारी फैलिएपछि गत वर्ष सुरु भएको सडक आन्दोलन मत्थर भएको थियो। तर पुनः विरोध प्रदर्शन सुरु हुने अपेक्षा गरिएको छ । हङ्कङको संसद्मा यसअघि पनि भिडन्त भएको थियो ।

अध्यादेशहरू हेर्ने र तीबारे निर्णय गर्न मतदानको मिति तोक्ने संसदीय समितिको नेतृत्वको विषयमा मतभेद थियो । गत साता संसद्का अध्यक्ष चीनपक्षधर सांसद चान किन पोरलाई उक्त समितिको नेतृत्व छान्नका लागि निर्वाचन गराउन जिम्मेवारी दिएका थिए । सोमवार संसद् बस्नुअघि चान २० जनाभन्दा बढी सुरक्षाकर्मी वरिपरि राखेर अध्यक्षको आसनमा बसेका थिए ।

प्रजातन्त्रवादी सांसदहरूले उनीतिर जान खोज्दा सुरक्षाकर्मीले रोके । विरोध गर्ने सांसदलाई सुरक्षकर्मीले कम्बलले छोप्न खोजेपछि अरू सांसदहरू आफ्नो आसनबाट चिच्याए । केही मिनेट भएको तनावमा एक जना भुइँमा लडेर घाइते भए । अधिकांश प्रजातन्त्रवादी सांसदहरू बाहिर गएपछि वा निकालिएपछि बेइजिङलाई समर्थन गर्ने स्टारी लीलाई उक्त समितिको अध्यक्ष निर्वाचित गरियो ।

विपक्षीहरू यसबाट उक्त कानुन पारित गर्न सजिलो भएको ठान्छन् । संसदीय समितिले महिनौँदेखि नेतृत्व चयन गर्न सकेको थिएन । ल्यामा अनुसार संसद्मा भएको घटनाले चीनले हङ्कङलाई कसरी आफ्नो प्रभावभित्र राख्न खोजेछ भन्ने देखाउँछ । गत वर्ष सुपर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनका कारण हङ्कङमा चर्को विरोध र लामो आन्दोलन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु

काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम

कोलम्बो बन्दरगाहका लागि अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता

नयाँदिल्ली । भारतको अडानी समूहले श्रीलङ्कामा बन्दरगाह निर्माणका लागि अमेरिकी सरकारको समर्थनमा ऋण

रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

बेइजिङ । रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका

युक्रेन सङ्कट समाधान आफ्नो पहिलो प्राथमिकता भएको ट्रम्पको भनाइ

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन