कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ८९ हजार नाघ्यो
कोरोना संक्रमणबाट विश्वमा तीन लाख १५ हजार भन्दा बढीको मृत्यु भएको छ । सोमबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४७ लाख १० हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी १४ लाख ७६ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै अमेरिकामा ८९ हजार भन्दा बढीको मृत्यु भएको छ ।
रुसमा दुई लाख ८१ हजार भन्दा बढी संक्रमित भेटिएका छन् भने दुई हजार भन्दा बढीको ज्यान गएको छ । त्यस्तै भारतमा ९५ हजार भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या तीन हजार २५ नाघेको छ ।