३१ मेसम्म लकडाउन थप गर्ने भारत सरकारको निर्णय



भारत सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउनको अवधि ३१ मेसम्म थपेको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई थप १४ दिनका लागि बढाउने निर्णय गरेको हो । गत ४ मेदेखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि १७ मे मा पूरा भएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रवार भिडियो कन्फरेन्समार्फत् विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग लकडाउन थप्ने वा नथप्ने सम्बन्धमा छलफल गरेका थिए । धेरैजसो मुख्यमन्त्रीहरुले संक्रमणको जोखिम कम नभएको हुँदा आर्थिक गतिविधिलाई क्रमशः सुचारु पार्दै लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव दिएका थिए । मुख्यमन्त्रीहरु दिएको तिनै सुझावका आधारमा लकडाउन लम्बाउने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील

बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

पाकिस्तानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते

इस्लामवाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको

इजरायलमा साइबर सुरक्षा सप्ताह सुरु

जेरुसेलम । इजरायलले आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको