इजरायलका लागि चिनियाँ राजदूत मृत फेला
इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत फेला परेका छन् । इजरायलको तेल अविवस्थित आफ्नो आवासमा उनको शव फेला परेको बीबीसीले उल्लेख गरेको छ । उनको मृत्यु कारण अझै खुल्न सकेको छैन । आवासको आफ्नो शयन कक्षमा उनी मृत फेला परेका हुन् । ५७ वर्षीय दु गत् फेब्रुअरीमा इजरायका लागि राजदूत नियुक्त भएका थिए । त्यसअघि उनी यूक्रेनमा कार्यरत थिए ।