ओबामाद्वारा राष्ट्रपति ट्रम्पको आलोचना



अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोनाभाइरस समस्यासँग जुध्न राष्ट्रपति डोनल्ड ट्रम्पले चालेका व्यवस्थापकीय कदमको आलोचना गरेका छन् । केही कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षान्त समारोहलाई अनलाइनमार्फत् सम्बोधन गर्दै ओबामाले महामारीले ’धेरै अधिकारीहरूले जिम्मेवारी निर्वाह गरे जस्तो पनि नगरेको देखाएको’ बताए ।

ओबामाले गएको साता एउटा छलफलमा यो एक निकै अराजक विपत्ति भएको बताएको अडिओ सार्वजनिक भएको थियो । शनिवारको सम्बोधनमा ओबामाले कोभिड १९ ले देशको नेतृत्वको असफलता देखाएको बताए । उनले भने, ‘यो महामारीले सबैभन्दा ठूलो कुरा अधिकारप्राप्त धेरै व्यक्तिहरूलाई के गरिरहेछौँ भन्ने थाहा भएको भ्रम तोडेको छ।’

अमेरिकामा गएको २४ घण्टामा १,२०० जनाभन्दा बढी मानिसको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ ।  अमेरिकामा हालसम्म संसारमै सबैभन्दा बढी लगभग ८९ हजारको मृत्यु भएको छ । ओबामाले अमेरिकाको अश्वेत समुदायमा महामारीले पारेको असरका बारेमा पनि सम्बोधनमा कुरा उठाए।

उनले यो रोगले यो देशमा अश्वेत समुदायले इतिहासदेखि झेल्नुपरेको असमानता र थप बोझलाई पनि उदाङ्गो पारेको बताए । अमेरिकाका मृत्यु हुने र अस्पताल भर्ना हुनेहरूमध्ये सबैभन्दा ठूलो सङ्ख्या अफ्रिकी अमेरिकीहरूको छ । ट्रम्पले भने ओबामा र उनका सहयोगीहरू आफ्नो कार्यकाललाई असफल देखाउन आपराधिक प्रयत्नमा लागेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१