कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ११ हजार नाघ्यो
कोरोना भाइरसको महामारीबाट विश्वमा मृत्यु हुनेको संख्या तीन लाख ११ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमित हुनेको संख्या ४६ लाख ३२ हजार नाघेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिकामा प्रभावित भएको छ । जहाँ १४ लाख ६७ हजार भन्दा बढी संक्रमित भेटिएका छन् भने ८८ हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना नियन्त्रणमा सरकारले चालेका कदमप्रति असन्तुष्टि जनाएका छन् ।