कोरोना संक्रमणबाट विश्वमा तीन लाख ८ हजार भन्दा बढीको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा कोरोना संक्रमणबाट मानिसको मृत्यु भएको छ । हालसम्म अमेरिकामा ८८ हजार ४८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ५७२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विश्वमा कोरोनान संक्रमितको संख्या ४५ लाख ३४ हजार नाघेको छ । जोन हाप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा बढी अमेरिकामा १४ लाख ४२ हजार संक्रमित भेटिएका छन् । बेलायतका ४३ हजार भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख ३८ हजार संक्रमित भेटिएका छन् ।

भारतमा कोरोना संक्रमणबाट दुई हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८२ हजार मानिसमा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई