कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो, ४४ लाखभन्दा बढी संक्रमित
कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ ।
त्यसैगरी संक्रमितको संख्या ४४ लाख ४० हजार नाघेको छ । अमेरिकामा हालसम्म १४ लाख १७ हजार ३ सय ५० जनामा संक्रमण भएको छ भने ८५ हजार ८ सय ८६ जनाको मृत्यु भएको छ ।
त्यस्तै रसियामा २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ३३ हजार ६ सय ९३ पुगेको छ । भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा झण्डै ४ हजार नयाँ बिरामी थपिएका छन् । योसँगै भारतमा झण्डै ८२ हजारमा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ सय ४९ जनाको मृत्यु भएको छ ।