कोरोना संक्रमणबाट अमेरिकामा ८३ हजार भन्दा बढीको मृत्यु


कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख ९२ हजारभन्दा बढीको मृत्यु भएको छ भने ४३ लाख भन्दा बढी मानिस संक्रमित छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार नाघेको छ ।

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा करिब २२ हजार मानिसको मृत्यु भएको छ । करिब ३ लाखमानिस उपचारपछि निको भएर घर फर्किएका छन् । बेलायतमा ३२ हजार ६ भन्दा बढीको मृत्यु भएको छ भने २ लाख २६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

इटालीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० जनाको मृत्यु भएको छ । रुस संक्रमितको संख्या ह्वात्तै बढेको छ । रुसमा संक्रमितको संख्या २ लाख ३२ हजार नाघेको छ ।