रुसको एउटा अस्पतालमा आगलागी हुँदा पाँच जना कोरोना संक्रमितको मृत्यु



रुसको सेन्ट पिटर्सवर्गस्थित एक अस्पतालमा आगलागी हुँदा आईसीयूमा भर्ना भएका पाँचजना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ । रुसी समाचार संस्थाका अनुसार विद्युतीय दुर्घटनाबाट भेन्टिलेटरमा आगो सल्किँदा मुस्लोले डढेर पाँचजना सङ्क्रमितको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सङ्कटकालीन मन्त्रालयले अस्पतालमा भर्ना भएका १५० जना बिरामीको उद्धार गरिएको जनाएको छ । घाइतेको संख्या अझै स्पष्ट भइसकेको छैन ।

मृत्यु भएका पाँचैजना बिरामी भेन्टिलेटरमा थिए । रुसले कोभिड–१९ को संक्रमण सर्ने जोखिममा कडाइपूर्वक लागू गरेको प्रतिबन्ध यसै सातादेखि खुकुलो बनाउँदै आएको छ । खेतीपाती र निर्माणको काम सुरु भइसकेको छ । रुसमा संक्रमित हुनेको संख्या विश्वमै चौथो स्थानमा छन् । सोमबारसम्म रुसमा दुई लाख २१ हजार ३४४ जनामा सङ्क्रमणको पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील

बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

पाकिस्तानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते

इस्लामवाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको

इजरायलमा साइबर सुरक्षा सप्ताह सुरु

जेरुसेलम । इजरायलले आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको