भारतमा कोरोना सङ्क्रमणको दर बढ्दो



भारतमा एकै दिन अहिलेसम्मको सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ सोमवार ४ हजार २ सय १३ जनामा कोभिड १९ पुष्टि भएको थियो । भारत सरकारका अनुसार देशभरि कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७० हजार नाघेको छ ।

तीमध्ये झन्डै २२ हजार जना निको भएका छन् भने २ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । त्यहाँ अहिले ४६ हजार मानिसमा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण रहेको छ र तिनीहरू चिकित्सकको निगरानीमा रहेका बताइएको छ । गत दुई दिनमा झन्डै ८ हजार नयाँ सङ्क्रमित थपिएसँगै भारतमा सङ्क्रमणदरले तीव्रता लिएको देखिएको छ ।

अहिले भारत त्यहाँ लागु गरिएको तेस्रो चरणको लकडाउनको मध्यबिन्दुमा छ। बढाइएको लकडाउनको अवधि मे १७ तारिखमसम्म छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार देशका विभिन्न मुख्यमन्त्रीहरूसँग छ घण्टा लामो वार्तालाप गरेका थिए । त्यस क्रममा मुख्यमन्त्रीहरूले लकडाउनका बेला पालना गर्नुपर्ने नियमहरूलाई खुकुलो पार्न चाहेको बताएका थिए ।

तर लकडाउन तत्काल पूर्ण रूपमा हटाउन भने नहुने उनीहरूको मत थियो । भारतको राजधानी दिल्लीमा गत २४ घण्टा कोरोनाभाइरस सङ्क्रमणको थप ४०६ विरामी देखा परेका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताएका छन् । उनका अनुसार दिल्लीमा त्यही अवधिमा १३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

भारतको राजधानीमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ७ हजार ६ सय ३९ पुगेको र ८६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील

बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

पाकिस्तानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते

इस्लामवाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको

इजरायलमा साइबर सुरक्षा सप्ताह सुरु

जेरुसेलम । इजरायलले आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको