कोरोना भाइरस लुकेको शत्रुः ट्रम्प


अमेरिकामा कोरोना भाइरसको महामारीका कारण साढे तीन करोड मानिस बेराजगार भएका छन् । पछिल्लो हप्ताको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण सुरु भएपछि अमेरिकामा साढे तीन करोड मानिस बेरोजगार भएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष अझ राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई लुकेको शत्रुको संज्ञा दिएका छन् । ट्रम्पले आफ्नो सम्बोधनमा कोरोना भाइरसलाई यो लुकेको शत्रु हो, हामीले यो याद गर्नुपर्छ भनेका छन् । ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उनले यसो भनेका हुन् । ट्रम्पले अमेरिकाले प्रत्येक दिन ५० हजार देखि ३ लाख जनामा कोरोनाको परीक्षण गरेको बताएका छन् । अमेरिकामा सोमबारसम्म ९० लाख जनामा कोरोना परीक्षण गरिएको छ ।