११ जना सङ्क्रमित भेटिएपछि चीनको जिलिन प्रान्तस्थित शुलानमा लकडाउन



कोरोनाभाइरसबाट ११ जना सङ्क्रमित भएको फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ । उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा सङ्क्रमण देखिएको थियो । ती सबै सङ्क्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ ।

ती ४५ वर्षीया महिलाले आफ्नो पति, दिदी, बहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोनाभाइरस सारेको बताइएको छ। तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका छन् । शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ ।

चीनको वुहान शहरमा स्थानीय सङ्क्रमणबाट फैलिएको कोरोनाभाइरसका नयाँ घटनाहरू देखा परेका छन् । अधिकारीहरूले नयाँ पाँच सङ्क्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन् । महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिनमा सङ्क्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो ।

वुहान कोरोनाभाइरस सङ्क्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ सङ्क्रमित देखिएका थिएनन् । गत मार्च महिनामा सङ्क्रमित भएका एकजना ८९ वर्षीय पुरुष बिरामी वरपरका मानिसमा सङ्क्रमण भएको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु

काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम

कोलम्बो बन्दरगाहका लागि अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता

नयाँदिल्ली । भारतको अडानी समूहले श्रीलङ्कामा बन्दरगाह निर्माणका लागि अमेरिकी सरकारको समर्थनमा ऋण

रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

बेइजिङ । रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका

युक्रेन सङ्कट समाधान आफ्नो पहिलो प्राथमिकता भएको ट्रम्पको भनाइ

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन