युरोपमा लकडाउन खुकुलो पारिँदै



बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा ’सर्तसहितको योजना’ सार्वजनिक गरेका छन् । उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए । कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो ।

प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ ’कोभिड सतर्कता प्रणाली’ले कति चाँडै लकडाउनका प्रतिबन्धहरूलाई अझ खुकुलो पार्न सकिन्छ भन्ने तय गर्ने बताए । उनले जुन १ सम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय फर्काउन सकिने आशा व्यक्त गरे । देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले यो चरणमा “यदि विज्ञानद्वारा समर्थन प्राप्त भए“ पसलहरू खोलिने बताए । आगामी चरणमा केही पर्यटन उद्योगहरू पनि खुल्न सक्नेछन्। तर जुलाई १ अघिसम्म ती बन्द रहनेछन् ।

जोनसनले यी चरणहरू लकडाउन खोल्ने योजनाको पहिलो खाका भएको बताए । उनले लकडाउन पालना गर्नुपर्ने समूहमा पर्ने व्यक्तिले उल्लङ्घन गरे बढी जरिवाना तिर्नुपर्ने चेतावनी दिए । सोमवार प्रकाशित हुने लकडाउनसम्बन्धी आदेशले नयाँ योजनाबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ । विपक्षीहरूले सरकारले अझै पनि सर्वसाधारणले जान्न खोजेका प्रश्नहरूको उत्तर सरकारले स्पष्ट रूपमा दिन नसकेको बताएका छन् ।

स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले ’स्टे अलर्ट’ अर्थात् ’सावधान रहौँ’ भन्ने नयाँ सरकारी योजनालाई अस्वीकार गरेका छन् । ती क्षेत्रमा मानिसहरूलाई घरमै बस्न प्रोत्साहित गरिएको छ । कानुनी रूपमा उनीहरूले आफ्नो क्षेत्रमा आफ्नै तरिकाको लकडाउन लागउन सक्छन् र ब्रिटिश सरकारको योजना लागु नगर्न पनि सक्छन् । युरोपकै सबैभन्दा लामो लकडाउनपश्चात् फ्रान्सले सोमवारबाट कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाउँदैछ ।

पसलहरू र अधिकांश प्राथमिक विद्यालयहरू खुल्नेछन् । मानिसहरूलाई आफ्नो घरबाट १०० किलोमिटरसम्म यात्रा गर्न दिइनेछ । उनीहरूले सानो समूहमा आफ्ना साथीभाइ र आफन्त भेट्न पाउनेछन् । तर बार, रेस्टुराँ र सिनेमाघर कम्तीमा अझै तीन सातासम्म बन्द रहनेछन् । भाइरस अतिप्रभावित प्यारिस र पूर्वोत्तर क्षेत्रमा थप नियमहरू लगाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक

जेरुसेलम । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि