भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना
स्वास्थ्यमा समस्या आएपछि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । उनी आइतबार राति नौ बजे राजधानी नयाँ दिल्लीस्थित ऐम्स अस्पतालमा भर्ना भएका हुन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्व प्रधानमन्त्री सिंहलाई अस्पतालको हृदय रोग विभागमा राखेर उपचार गरिएको छ । प्रारम्भिक जाँचमा ८७ वर्षीय सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।
डा. नितिश नाइक नेतृत्वको टोली पूर्वप्रधानमन्त्री सिंहको उपचारमा संलग्न छ । छातीमा असहजता महसुस भएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । अर्थविद्समेत रहेकमा डा. सिंहले सन् २००३ पछि लगातार दुईपटक भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।