सङ्क्रमणको दोस्रो लहर फैलिने त्रासमा सोलमा मदिरालय र क्लब फेरि बन्द



दक्षिण कोरियाको राजधानी सोलमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या फेरि बढ्न थालेपछि मदिरालय र क्लबहरू बन्द गरिएका छन् । सङ्क्रमणको दोस्रो लहर फैलिन सक्ने त्रासमाझ देशमा लकडाउन खुकुलो पारिएको थियो । आइतवार त्यहाँ ३४ जनामा कोभिड १९ भएको पुष्टि भयो । यो एक महिनाभित्र एक दिनमा पुष्टि भको सर्वाधिक सङ्ख्या हो ।

अहिलेसम्म त्यहाँ १० हजार ८ सय ७४ जनामा कोभिड १९ पुष्टि भएको छ । पहिला कोरोनाभाइरसको प्रकोप फैलिएपछि दक्षिण कोरियाले प्रभावकारी रणनीति अवलम्बन गर्दै त्यसलाई नियन्त्रण गरेको थियो । तर प्रतिबन्धहरू खुकुलो पारिएको केही दिनपछि फेरि सङ्क्रमण फैलिन सक्ने भन्दै सोलका नगरप्रमुखले सबै बार र क्लब बन्द गर्न निर्देशन दिए । अहिले सङ्क्रमण वृद्धि हुनुमा गत सप्ताहान्त मनोरञ्जन गर्न राति बाहिर गएका एक २९ वर्षीय पुरुषसँग सम्बन्ध भएको देखिएको छ ।

त्यहाँ स्वास्थ्यसेवाका अधिकारीहरूले ती व्यक्ति गएको स्थानमा गएका अन्य १,५१० मानिसलाई पहिचान गर्न तथा उनीहरूको परीक्षण गराउन प्रयास गरिरहेका छन् । आइतवार राष्ट्रपति मुन जे(इनले नयाँ सङ्क्रमणले पुनस् पहिलाको जस्तो परिस्थिति उत्पन्न हुनसक्ने सम्भावनाबारे सचेत गराएको बताएका छन् ।

आफ्नो सम्बोधनमा उनले कोरोनाभाभाइरस पूर्णतः नसकिएसम्म देश सतर्क हुनुपर्ने बताए । दक्षिण कोरियामा केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो । तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तिगत दूरी जस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट