माइक पेन्सकी मुख्य सहयोगीलाई कोरोनाभाइरसको संक्रमण



अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो ।

उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ । ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन “हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेको“ कार्यालयले जनाएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या शुक्रवारसम्म ७६ हजार नाघेको छ ।

अमेरिकाका कतिपय राज्यहरूले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन हटाउन अब शुरू गर्दैछन् । शुक्रवार वाशिङ्गटन डीसीमा जहाज रोकिरहेको ठाउँबाट उपराष्ट्रपति पेन्सको टोलीका ६ जना सदस्यलाई अचानक विमानबाट ओर्लिन लगाइएको थियो । उनी आएवामा धार्मिक नेताहरूसँग भेटघाट गर्न जाँदै थिए ।

ती कर्मचारीहरू उपराष्ट्रपति पेन्सकी प्रेस सहयोगी मिलरसँग सम्पर्कमा थिए । केटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी स्टेफन मिलरकी श्रीमती हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता छैनः ट्रम्प

  वासिङटन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको