कोरोना भाइरसका कारण इटलीमा ३० हजार भन्दा बढीको मृत्यु



युरोपेली सङ्घमा आबद्ध मुलुकहरूमध्ये कोरोनाभाइरसबाट ३० हजारभन्दा बढी मृत्यु हुने पहिलो देश इटली बनेको छ । शुक्रवार इटलीमा थप २ सय ४३ जना जनाको ज्यान गएको छ जुन अघिल्लो दिनको भन्दा ३२ जनाले कम हो ।

पछिल्लो मृत्युसँगै त्यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या ३० हजार २०१ पुगेको छ । केही दिनअघि इटलीलाई उछिन्दै युरोपमा सबैभन्दा बढी मृत्यु हुने देश बेलायत बनेको थियो । इटलीमा दैनिक देखिने नयाँ सङ्क्रमितको सङ्ख्या थोरैले कम भएर शुक्रवार एक हजार ३ सय २७ जनामा सङ्क्रमण देखियो ।

योसँगै त्यहाँ हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या २ लाख १७ हजार १८५ पुगेको छ । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमहरूलाई खुकुलो पार्न शुरू गरिएको छ ।

तर स्थानीय सञ्चारमाध्यमहरूका अनुसार चिकित्सकहरूले मिलान शहरलाई “टाइम बम“को सङ्ज्ञा दिएका छन् । आधिकारिक मृतक सङ्ख्याका आधारमा इटलीमा कोरोनाभाइरसबाट विश्वकै तेस्रो बढी मृत्यु भएको छ । पहिलो स्थानमा संयुक्त राज्य अमेरिका छ भने दोस्रो स्थानमा बेलायत छ जुन हाल युरोपेली सङ्घमा आबद्ध छैन ।

बुधवार ब्रिटेनमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ३० हजार नाघेको थियो । युरोपका नराम्ररी प्रभावित देशहरूमध्ये स्पेन तेस्रो स्थानमा छ जहाँ कोरोनाभाइरसबाट २६ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । फेब्रुअरीमा देशका उत्तरी क्षेत्रहरूमा कोरोनाभाइरस सङ्क्रमणका घटनाहरू देखिन थालेपछि लकडाउन लागु गर्ने इटली युरोपको पहिलो मुलुक बनेको थियो ।

लकडाउनका केही उपायहरू हटाइएका छन्। यो साता सामाजिक दूरी कायम राख्दै र मास्क लगाउँदै पहिलो पटक कैयौँ हप्तापछि त्यहाँका नागरिकले शारीरिक व्यायाम गर्न पाए । उनीहरूले आफन्तलाई भेट्न पाए। त्यसमा साथी चाहिँ परेनन्। क्याथोलिक गिर्जाघरहरूले पनि मे १८ तारखिमा सामूहिक प्रार्थना शुरू गर्ने तयारी गरिरहेका छन् । तर सामाजिक दूरीसम्बन्धी कडा नियमहरू पालना गर्नुपर्ने हुन्छ र मास्क लगाउनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट