पछिल्लो २४ घण्टामा रुसमा ११ हजार कोरोना संक्रमित थपिए



पछिल्लो चार दिनमा पचास हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि रुस कोभिड–१९ को अर्को नयाँ केन्द्रबिन्दु बनेको छ । अमेरिकामा नयाँ संक्रमित थपिने दरमा कमी भएपनि भारत र रुसमा कोभिड–१९ को संक्रमणदर बढ्दो छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसमा बिहीबारसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक लाख ७७ हजार १६० पुगेको छ र रुसको राजधानी मस्को शहर नयाँ थपिने संक्रमितमा सबैभन्दा बढी छ ।

मस्को शहरमा मात्रै ९२ हजार ६७६ संक्रमित पुष्टि भएका छन् । मस्को शहरका मेयर सरगेई सोबयानिनले संक्रमितको संख्या दर्ता गरिएकोभन्दा अझै बढी हुनसक्ने बताएका छन् । रुसी एक सञ्चारमाध्यमसँगको कुराकानीमा मेयर सोबयानिनले मस्कोमा मात्रै संक्रमितको संख्या करिब तीन लाखसम्म हुने बताएका छन् ।

अद्यावधिक तथ्याङ्क बमोजिम रुस अब विश्वको पाँचौं सबैभन्दा बढी संक्रमित भएका राष्ट्र बनेको छ । पछिल्लो चौबिस घण्टामा रुसमा ११ हजार २३१ जना नयाँ संक्रमित थपिएका छन् । रुसी अधिकारीहरुका अनुसार रुसमा हालसम्म कोभिड–१९ को संक्रमणबाट एक हजार ६२५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई