विश्वमा ३८ लाख मानिस कोरोनाबाट संक्रमित
कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २ लाख ६४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण २ लाख ६४ हजार १३३ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा ७४ हजार दुई सयको मृत्यु भइसकेको छ । त्यस्तै बेलायतमा ३० हजार, इटलीमा २९ हजार, स्पेनमा २५ हजारको मृत्यु भएको छ । त्यस्तै विश्वमा हालसम्म ३८ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन् ।