लकडाउनको पालना नगरेपछि बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा



प्राध्यापक नील फर्गुसनले आफूबाट त्रुटिपूर्ण निर्णय भएको भन्दै ब्रिटिश सरकारको सल्लाहकार पदबाट राजीनामा दिएका छन् । उनी कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारका सल्लाहकार थिए। उनकै सल्लाहमा ब्रिटेनको सरकारले लकडाउनको घोषणा गरेको थियो । उनले व्यक्तिगत दूरी कायम गर्नुपर्ने नियम आफूले पालना नगरेकोमा दुःख व्यक्त गरेका छन्।

डेली टेलिग्राफले उनीसँग सम्बन्ध भएकी एक महिलाले लकडाउनको बेला फर्गुसनको घरमा गएको समाचार प्रकाशित गरेको थियो । बेलायतमा कोरोनाभाइरस रोकथामका लागि सशक्त कदम नचालिए दुई लाख ५० हजार जनाको ज्यान जाने प्राध्यापक फर्गुसनले प्रक्षेपण गरेका थिए । त्यसकै आधारमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले मार्च २३ मा विभिन्न प्रतिबन्धात्मक उपायहरू घोषणा गरेका थिए ।

सरकारले सर्वसाधारणलाई घरबाहिर यथासम्भव नजान भनेको थियो। छुट्टाछुट्टै बसेका जोडीलाई पनि आआफ्ना घरमा बस्न भनिएको थियो । एउटा विज्ञप्तिमा प्राध्यापक फर्गुसनले भने, “निर्णय गर्दा त्रुटि भएको र अनुचित काम गरेको म स्वीकार्छु। त्यही भएर मैले सेज (सङ्कटकालीन अवस्थाबारे सुझाव दिने वैज्ञानिकहरूको सल्लाहकार समूह) बाट राजीनामा दिएको छु।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट