अप्रमाणित औषधि प्रयोगबारे विश्व स्वास्थ्य सङ्गठन चिन्तित



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न मानिसहरूले गरिरहेको अप्रमाणित ’औषधि’को प्रयोगविरुद्ध चेतावनी जारी गरेको छ । उसले अफ्रिकीहरू परम्परागत उपचारहरूमा धेरै नै आश्रित भए पनि उचित परीक्षण भएका औषधिहरूमा उनीहरूको पहुँचको अधिकार रहेको बताएको छ ।

माडागास्करका राष्ट्रपतिले कोभिड १९ का बिरामीहरूको उपचारका निम्ति शक्तिबद्र्धक ’हर्बल टनिक’लाई प्रोत्साहित गरेपछि डब्ल्यूएचओको वक्तव्य आएको हो । अफ्रिकी युनियन (एयू) ले उक्त उत्पादनको ’सुरक्षा र क्षमता’को वैज्ञानिक आधार हेर्न चाहेको जनाएको छ । राष्ट्रपतिका सल्लाहकारले तीन सातामा २० जनाभन्दा कम मानिसमा ’कोभिड(अग्र्याानिक्स’ भनिने उक्त टनिकको परीक्षण गरिएको बीबीसीलाई जानकारी दिए।

जुन डब्ल्यूएचओको चिकित्सकीय परीक्षण सम्बन्धी निर्देशिका अन्तर्गत पर्दैन । सानो सङ्ख्यामा बिरामीहरूबाट सुरु गरेर त्यसलाई देशव्यापी बिस्तार गरिने सम्भावित औषधिको चार चरणको परीक्षणले लामो समय लिनसक्छ । डब्ल्यूएचओको आपत्तिकाबीच गिनी बिसाऊ, इक्वटोरियल गिनी र लाइबेरिया जस्ता कैयौँ अफ्रिकी देशहरूले कोभिड(अग्र्यानिक्स मगाइसकेका छन् ।

गत साता माडागास्कर का राष्ट्रपति एन्ड्री राजोलिनाले टनिकको बारेमा अफ्रिकी नेताहरूसँग अनलाइन बैठकमा कुराकानी गरेका थिए । बैठकपछि एयूले कोभिड(अग्र्यानिक्सका बारेमा थप बिस्तारमा जान्न चाहेको बताएको छ । अफ्रिका सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनबाट त्यसको पुनरवलोकन हुनसक्छ । डब्ल्यूएचओले परम्परागत उपचार र वनस्पतिमा आधारित खोजको स्वागत गरेको छ तर त्यसको ’प्रभावकारिता र प्रतिकूल प्रभावको परीक्षण हुनुपर्ने’ बताएको छ ।

उसको वक्तव्यमा भनिएको छ, “अफ्रिकीहरू बाँकी विश्वका मानिसहरूले जस्तै परीक्षणको समान मापदण्ड पूरा गरेका औषधी प्रयोग गर्ने अधिकार राख्छन्।“ विश्वभरी खोप पत्ता लगाउन दर्जनौँ अनुसन्धान योजनाहरू चलिरहेका छन् । धेरै विशेषज्ञहरूले खोप उपलब्ध हुन भाइरस पहिलो पटक देखिएको मितिदेखि १२ देखि १८ महिना अर्थात् सन् २०२१ को मध्यसम्म समय लाग्न सक्ने ठानेका छन् ।

कैयौँ अफ्रिकी देशहरूले कोरोनाभाइरसको बिस्तार रोकथामको निम्ति तत्कालै लकडाउन वा कर्फ्यू लगाएका थिए । तर आर्थिक र स्वास्थ्यसम्बन्धी स्वार्थबीच सन्तुलन ल्याउने सरकारी प्रयास स्वरूप ती अहिले फिर्ता लिन सुरु गरिएको छ । राष्ट्रपतिले तीन ठूला सहरहरूमा लकडाउन जारी गरेको तर अहिले खुकुलो बनाइएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट