पुलित्जर पुरस्कारबाट तीन भारतीय सम्मानित



कोरोनाभाइरस महामारीका कारण गत महिना स्थगित गरिएको पुलित्जर पुरस्कार विजेताको घोषणा गरिएको छ । पत्रकारिता, साहित्य एवं संगीत रचनाका क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई प्रदान गरिने यो अन्तर्राष्ट्रिय पुरस्कार ‘न्यूयोर्क टाइम्स’ले विभिन्न तीन विधामा हात पारेको छ । त्यसैगरी ‘एंकरेज डेली न्यूज’, ‘प्रो पब्लिका’ पनि यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको छ । यो पुरस्कारको शुरुवात सन् १९१७ मा गरिएको होे ।

भ्रष्टाचार, कानून र नश्लवाद जस्ता मुद्दालाई उजागर गरेका यी तीन संस्थालाई यिनै मुद्दामाथि गरेको रिपोर्टका आधारमा पुरस्कृत गरिएको बताइएको छ । पुरस्कार बोर्डका प्रशासक डाना केनेडीले कोरोना भाइरस प्रकोपका कारण भव्य समारोहमा जमघट नगरिकन यूट्युबमा लाइभ स्ट्रिमका माध्यमले विजेताको घोषणा गरिएको जानकारी गराएकी थिइन् ।

उनले ‘न्यूयोर्क टाइम्स’लाई सबैभन्दा बढी तीन, ‘द न्यूयोर्कर’लाई दुई र ‘प्रो पब्लिका’लाई एउटा पुरस्कार प्राप्त भएको उक्त अवसरमा घोषणा गरेकी थिइन् । न्यूयोर्कका ब्रायन एम रोसेन्थलको न्यूयोर्क शहरका ट्याक्सी उद्योगमा खोजी रिपोर्टका लागि पुरस्कार दिइएको छ । कसरी कमजोर चालकहरुको लाभ उठाएर कर्जाको बजार फस्टाइरहेको छ भन्ने रिपोर्टमा उल्लेख गरिएको थियो ।

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालका कहानीको एक शृंखलावद्ध रिपोर्टिङका लागि पनि अन्तर्राष्ट्रिय पुरस्कार दिइएको छ । अलास्कामा यौनहिंसाको खोज र अनुसन्धानमूलक रिपोर्टका लागि ‘एङ्करेज डेली न्यूज’लाई र ‘प्रो पब्लिकालाई संयुक्त रुपमा सबैभन्दा प्रतिष्ठित मानिने पब्लिक सर्भिस अवार्ड प्राप्त भएको छ ।

यसबाहेक ‘द वाशिङ्गटन पोस्ट, असोसिएटेड प्रेस, द लोल एन्जिलिस टाइम्स, द बाल्टिमोर सन, द फिलिस्तिन हेराल्ड प्रेस’ लाई पनि अलग अलग समाचारका लागि पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको छ । रोयटर्सले हङकङको विरोध प्रदर्शनका तस्बिरका लागि ब्रेकिङ न्यूज फोटोग्राफी पुरस्कार पाएको छ भने कश्मीर घटनाको स्थिति फोटो मार्फत दर्शाएकाले एसोसिएटेड प्रेससँग आबद्ध भारतीय फोटो पत्रकारले पनि फिचर फोटोग्राफी क्षेत्रको अवार्ड प्राप्त गरेका छन् ।

भारतीय तीन पत्रकारले ‘फिचर फोटोग्राफी’मार्फत् गरेको योगदानका लागि सन् २०२० को पुलित्जर पुरस्कार प्राप्त गरेका छन् । एपीसँग संलग्न डार यासिन, मुख्तर खान र चन्नी आनन्दलाई पुरस्कार प्राप्त भएको हो । उनीहरूलाई गत अगस्टमा केन्द्र सरकारद्वारा काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि काश्मिर क्षेत्रको परिवेशलाई फोटोको माध्यमबाट गरेको विशिष्ट योगदानका लागि पुरस्कृत गरिएको पुरस्कार छनोट समितिले जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट