भारतमा रक्सीमा ७० प्रतिशतसम्म कर लगाएपनि खरिद गर्नेको भिड



कैयौं भारतीय राज्यहरूले रक्सीमा उल्लेख्य रुपमा कर बढाएका छन् । मानिसहरूको बढ्दो माग व्यवस्थापन गर्न र राजस्व सङ्कलन बढाउने प्रयास गरिरहेका बेला ती राज्यहरूले रक्सीमा भारी कर वृद्धि गरेका हुन् । दिल्लीले विशेष कोरोना शुल्क भन्दै मङ्गलबारबाट रक्सीमा ७० प्रतिशत कर लगाएको छ । आन्द्र प्रदेश र पश्चिम बंगालले पनि करमा भारी वृद्धि गरेको छ ।

तर कर धेरै लगाइए पनि दिल्लीका रक्सी पसलहरूमा मानिसहरूको लामो लाइन लागेको छ र त्यहाँ प्रहरीले नियमन गरिरहेको छ । भारतमा मार्च २४ तारिखदेखि लकडाउन गरिएको छ। र, त्यसयता पहिलोपटक सोमवार केही क्षेत्रमा रक्सी पसलहरू खुलेपछि अस्तव्यस्त दृश्यहरू देखिएको थियो र कतिपय ठाउँमा प्रहरीसँग झडपसम्म भएको थियो ।

ग्राहकहरूको भीड थाम्नै नसक्ने भएपछि केही पसलहरू केही घण्टामै बन्द भएका थिए । सामाजिक दुरी कायम गर्नुपर्ने नियमहरू पालना गराउन पनि निकै सङ्घर्ष गर्नुपरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा