कोरोना संक्रमणबाट भारतमा १५ सय भन्दा बढीको मृत्यु



भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । भारतमा एकैदिन थप ३ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ ।

यसअघि भारतमा मे ३ मा एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो । साथै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट भारतमा १९५ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ६८ पुगेको छ ।

भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले सक्रंमणको सघनताको आधारमा भारतका ७३३ जिल्लालाई रातो, सुन्तला र हरियो क्षेत्रमा वर्गीकरणसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाबारे अरब समुदायको विचार सुन्न अमेरिका इच्छुक

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

क्वेटा ।  दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १०

अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने