अब विमानमा यात्रा गर्दा मास्क अनिवार्य



कोरोनाभाइरसको सङ्क्रमणका कारण सङ्कटग्रस्त उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्न थालेको छ । यो साता अमेरिकाका ठूला वायुसेवाहरूले कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीतिहरू जारी गर्दैछन् । विश्वका अरू वायुसेवाहरूले पनि हवाई उडान शुरू भएपछि मास्कलाई बाध्यकारी बनाउने तयारी थालेका छन् । हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र वायुसेवाहरूले यसै महिनामा उडानहरू शुरू गर्ने लक्ष्य राखेका छन् ।

सोमवार अमेरिकाको डेल्टा एअरलाइन्सले यात्रुहरूले चेक इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउनुपर्ने बताएको छ । अमेरिकन एअरलाइन्स र युनाइटेडले पनि चालकदलका सदस्य र यात्रुका लागि मास्कलाई अनिवार्य बनाउने बताएका छन् ।

अमेरिकन एअरलाइन्सका एक प्रवक्ता कुर्ट स्टाचले आफ्नो वायुसेवा यात्रुहरूले यात्रा गर्दा मानसिक रूपमा शान्तिपूर्वक यात्रा गर्ने अवसर दिन प्रतिबद्ध भएको बताएका छन् । उनले यात्रु र चालकदलका सदस्यका लागि चाँडै नयाँ स्वास्थ्य सुरक्षासम्बन्धी कदमहरू चालिने पनि बताए । युनाइटेड एअरलाइन्सकी प्रवक्ता म्याडी किङले सबै यात्रुले अनिवार्य रूपमा अनुहार ढाक्नुपर्ने उल्लेख गर्दै यात्रामा निस्शुल्क मास्क उपलब्ध गराइने बताइन् । तर सबै वायुसेवाले मास्कलाई बाध्यकारी बनाएका भने छैनन् ।

क्वान्टस एअरवेजले अस्ट्रेलियाले मास्क लगाउनुपर्ने व्यवस्था नगरिसकेको उल्लेख गर्दै हालका प्रतिबन्धहरू खुकुको भएपछि चालिने कदमका बारेमा सरकार वा वायुसेवाले कुनै निर्णय नगरेको जनाएको छ । उसले वेबसाइटमा उडिरहेको विमानमा कोरोनाभाइरसको सङ्क्रमण हुने सम्भावनालाई न्यून राखिएको उल्लेख गर्दै आफ्ना सबै उडानहरूमा सामाजिक दूरीको व्यवस्था गरिएको उल्लेख गरेको छ ।

हाल अस्ट्रेलियाको प्रमुख स्वास्थ्य अधिकारीको निर्देशनहरू सबै पालना गरिरहेको उक्त वायुसेवाको भनाइ छ । वायुसेवाका लागि संसारभर लागु गराउने नीतिको निर्देशन अन्तर्राष्ट्रिय हवाई यातायत एसोसिएसन आईएटीएजस्ता अन्तर्राष्ट्रिय निकायबाट आउनुपर्छ । उडानहरू सुचारु भएपछि चालिने भनिएका विभिन्न कदमहरूमा त्यस विषयलाई पनि समेटिएको आईएटीएका प्रवक्ताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट