यसवर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप बन्ने ट्रम्पको विश्वास



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोनाभाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन् । फक्स न्यूससँगको अन्तर्वार्तामा उनले यो वर्षको अन्त्यसम्ममा खोपको विकास हुने बताएका हुन् । संसारभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसको खोप विकास गर्न मिहेनत गरिरहेका छन् तर धेरै विज्ञहरू यस्तो खोप सबैका लागि उपलब्ध सन् २०२१ तिरमात्रै हुने विश्वास गर्छन् ।

ट्रम्पले भने आफ्ना स्वास्थ्य सल्लाहकारहरूले यति छिटो समयावधिमा खोप उपलब्ध हुन गार्हो हुने बताएपनि त्यो हुने विश्वास गर्छन् । सियाटलमा कोरोनाभाइरसको खोपको पहिलो मानव परीक्षण भएको एक महिनाभन्दा बढी भइसकेको छ । तर त्यो खोप मानवमा सुरक्षित छ कि छैन भनेर गरिएको परीक्षण सफल भएपनि त्यसपछि त्यसको दोस्रो परीक्षण हुनुपर्छ र नियामक निकायले त्यसलाई अनुमति दिनुपर्छ। त्यसपछि खोप ठूलो मात्रामा उत्पादन गर्ने प्रक्रिया शुरू हुन्छ ।

खोप तयार गर्न समान्यतया वर्षौँ मात्र होइन दशकौँसम्म लाग्छ । अनुसन्धानकर्ताहरूले केही महिनाभित्र यो लक्ष्य पूरा गर्ने अपेक्षा गरिरहेका छन् । अधिकांश विज्ञले सन् २०२१ को मध्यसम्म खोप तयार हुने ठानिरहेका छन् । यो आधिकारिक रूपमा सार्स सीओभी २ भनिने नयाँ कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला देखिएको १२ देखि १८ महिनाको अवधि हो । लक्ष्य पूरा भए त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनेछ, तर सोचेअनुरूप हुनेछ भन्ने कुनै ग्यारेन्टी छैन । मानव शरीरमा चार थरीका कोरोनाभाइरस अहिले नै देखापरेका छन् ।  तिनीहरूले रुघाखोकी लगाउँछन्, तर हामीसँग तिनीहरूमध्ये कसैको पनि खोप छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट