कोभिडविरुद्ध लड्न ह्यारी पोटरकी लेखिकाले १० लाख पाउन्ड दान दिने



लकडाउनका बेला जोखिममा रहेका मानिसहरूलाई सहयोग गर्दै आएका परोपकारी संस्थाहरूलाई लोकप्रिय उपन्यास ’ह्यारी पोटर’की लेखिका जेके रोलिङले १० लाख पाउन्ड दान दिने भएकी छन् । त्यसमध्ये आधा रकम घरविहीन मानिसहरूलाई सहयोग गर्ने संस्था र आधा घरेलु दुव्र्यवहारका पीडित महिलाहरूलाई सहयोग गर्ने संस्थालाई दिइने छ । उपन्यासको एउटा महत्ववपूर्ण दिनको सन्दर्भ पारेर रोलिङले सामाजिक सञ्जाल ट्विटरमार्फत् त्यस्तो घोषणा गरेकी हुन् ।

शनिवार उनको उपन्यासमा उल्लेख गरिएको एउटा प्रमुख घटनाको वार्षिकोत्सव थियो । ट्विटरमा उनले लेखेकी छन्, “ब्याटल अफ हगवार्ट्सको आज २२औ वार्षिकोत्सव हो। तर म इमान्दारीसाथ भन्न चाहन्छु कि काल्पनिक मृत्युका बारेमा कुरा गर्नु अनुचित हुन्छ।“ उपन्यासको उक्त घटना एउटा युद्धबारे हो र त्यसमा धेरै मारिएका थिए ।

रोलिङले भनिन्, “वास्तविक संसारमा धेरैले आफ्ना प्रियजनहरू गुमाइरहेका छन्।“ एडिन्बरामा बस्दै गरेका बेला ह्यारी पोटरका धेरै कथाहरू लेखेकी रोलिङका अनुसार घरविहीन कैयौँ असुरक्षित वा दुव्र्यवहार सहन बाध्य मानिसहरू यो बेला चरम दुःख पाइरहेका छन् र उनी तिनलाई सहयोग गर्न चाहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील

बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

पाकिस्तानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते

इस्लामवाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको

इजरायलमा साइबर सुरक्षा सप्ताह सुरु

जेरुसेलम । इजरायलले आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको