भेनेजुएलामा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढीको मृत्यु



भेनेजुएलामा एउटा कारागारमा भएको दङ्गामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर आक्रोशित बनेका थिए ।

कैदीहरूले जेल तोड्ने प्रयत्न गरेको भन्ने अधिकारीहरूको दाबीबारे सन्देह व्यक्त गर्दै उक्त सङ्गठनले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको छ । घटनामा गभर्नरसहित कारागारका कर्मचारी समेत घाइते भएका छन् । कारागारसम्बन्धी मामिला हेर्ने मन्त्री आइरिस भारेलाले घटना भएको पुष्टि गरे पनि मृतकको सङ्ख्याबारे केही नबताएको एउटा स्थानीय पत्रिकाले जनाएको छ ।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भेनेजुएला सरकारले विभिन्न कदमहरू चालेपछि देशका फोहोर र कैदीले खचाखच कारागारहरूमा दङ्गाका घटना बढ्दो छन् । क्वारन्टीनसम्बन्धी नियमहरूका कारण कैदीहरूले आफन्तले ल्याइदिएका खानेकुरा लिन पाउँदैनन् जुन खानेकुरामा उनीहरू निर्भर रहन्छन् ।

भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार दङ्गामा ४६ जना कैदीको ज्यान गएको छ र एउटा स्थानीय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेहरूले भरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट