कोरोना संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा ७१ जनाको मृत्यु



भारतमा कोरोना संक्रमणबाट एक हजार दुई सय १८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना संक्रमणले भारतमा पछिल्लो २४ घन्टामा ७१ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टाभित्र थपिएका नयाँ संक्रमितको संख्या एकैदिन थपिएकामध्ये सबैभन्दा बढी हो । संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयका अनुसार २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् । भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्रमा संक्रमितहरूको संख्या ११ हजार ५०६ छन् । ४८५ जनाले ज्यान गुमाएका छन् । एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्रपछि गुजरातमा भाइरसको संक्रमण दोस्रो सबैभन्दा बढी भएको राज्य हो ।

गुजरातमा चार हजार ७२१ संक्रमित रहेका छन् । ७३५ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ । महाराष्ट्र र गुजरातपछि भाइरसको संक्रमण स्नयाँ दिल्लीमा सबैभन्दा बढी छन् । भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट