लकडाउनका कारण विश्वव्यापी कार्बन उत्सर्जन आठ प्रतिशतले घट्ने



अन्तर्राष्ट्रिय ऊर्जा निकाय आइइएले कोरोनाभाइरस सङ्क्रमणको महामारीसँग जुझ्न विभिन्न देशमा लागु गरिएका लकडाउनका कारण विश्वव्यापी कार्बन उत्सर्जन कीर्तिमानी स्तरको ८ प्रतिशतले घट्ने जनाएको छ । उसका अनुसार योभन्दा पहिले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका बेला पनि ठूलो परिमाणमा उत्सर्जन घटेको थियो ।

तर अहिलेको घट्ने परिमाण त्योबेलाको भन्दा ६ गुना धेरै हुने उसले जनाएको छ । आइइएका अनुसार यसपाली एकदशक यताकै सबभन्दा कम परिमाणमा कार्बन उत्सर्जन हुनेछ । यात्रा तथा व्यापारमा लागेका बन्देजका कारण प्रदूषण घटेको छ । तर उक्त निकायले यसमा राम्रो मान्नुपर्ने अवस्था भने नरहेको बताएको छ । वैज्ञानिकहरूले कार्बन डाइअक्साइडको उत्सर्जनमा तत्काल कटौतीको वकालत गर्दै आएका थिए । तर त्यसको लागि अर्थतन्त्रनै ठप्प पार्नुपर्ने विषयमा उनीहरूले वकालत गरेका थिएनन् ।

यसपाली विश्वव्यापी बिजुलीको माग पनि पाँच प्रतिशतले घट्नेछ, जुन सन् १९३० को विशाल मन्दीको बेला यताको धेरै गिरावट हो । अचेल साताका अन्य दिनमा भइरहेको बिजुलीको खपत विगतमा सामान्यतया सप्ताहान्तको दिनमा हुने जत्तिकै पुगेको बताइएको छ ।

ऊर्जा कम्पनीहरूले धेरै क्षति बेहोरिरहेका छन् तर तीमध्ये नवीकरणीय ऊर्जा कम्पनीहरूले भने केही राम्रो प्रदर्शन गरिरहेका छन् । कम कार्बन उत्सर्जन गर्ने त्यस्ता ऊर्जाका स्रोतहरूबाट सन् २०२० मा विश्व बिजुली बजारको ४० प्रतिशतसम्म माग पूर्ति हुने देखिएको आइइएले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट