अमेरिकाले भन्यो -हामी उत्तर कोरियाली नेता किमलाई नियालिरिहेका छौं



अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले केही समयदेखि उत्तर कोरियाका नेता किम जङ अनलाई अमेरिकी अधिकारीहरूले नदेखेको र उनको स्वास्थ्यबारे भइरहेको चर्चा नियालिरहेको बताएका छन् । उनले उत्तर कोरियामा कोरोनाभाइरसको प्रकोप वा अनिकाल हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

उत्तर कोरियाका ३६ वर्षीय नेता अप्रिल १२ देखि सार्वजनिक रूपमा देखा परेका छैनन् । तसर्थ उनी गम्भीर बिरामी परेको अनुमान गरिएको छ । तर छिमेकी दक्षिण कोरियाले उनको स्वास्थ्यसम्बन्धी समाचार सत्य नभएको जनाएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन किम समुद्री तटमा अवस्थित वन्सान नगरमा बस्न गएको हुन सक्ने अनुमान पनि केही समाचारमा गरिएको थियो । विश्वभरि कोरोनाभाइरस महामारी फैलिन थालेपछि जनवरी महिनाको उत्तरार्धमा उत्तर कोरियाले आफ्ना सबै सीमानाका बन्द गरेको थियो ।

फक्स न्यूजले किमको स्वास्थ्यबारे प्रकाशित समाचारबारे बुधवार टिप्पणी गर्न आग्रह गरेपछि पोम्पेओले भनेका छन्, “हामीले उनलाई देखेका छैनौँ। हामीसँग आज कुनै जानकारी छैन, हामी यसलाई नियालिरहेका छौँ।“ उनले उत्तर कोरियामा अनिकाल र खाद्यान्न सङ्कट हुन सक्ने जोखिम भएको बताए । उत्तर कोरियामा अन्ततः परमाणु निरस्त्रीकरण गर्ने आफ्नो उद्देश्य भएकाले अमेरिकाले त्यसमा प्रभाव पार्न सक्ने सबै कुरालाई नियालिरहेको उनको भनाइ थियो ।

सन् १९९० को दशमा अनिकालका कारण उत्तर कोरियामा लाखौँ मानिसको मृत्यु भएको अनुमान गरिएको छ । गत सोमवार राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई किमको अवस्थाबारे “राम्रो जानकारी“ भएको तर त्यसबारे कुरा नगर्ने सार्वजनिक टिप्पणी गरेका थिए । परमाणु निरस्त्रीकरणबारे छलफल गर्न ट्रम्प र किमबीच सन् २०१८ देखियता तीन चोटि भेट भएको छ ।

गत अप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल(सङको जन्मजयन्तीमा आयोजित कार्यक्रममा मा किम सहभागी भएनन् । त्यसलाई धेरैले अस्वाभाविक माने । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अनेकौँ अनुमान र हल्ला फैलिए । तर तिनलाई पुष्टि गर्न सकिने स्थिति छैन । सरकारी सञ्चारमाध्यमले अप्रिल १२ मा अन्तिम पटक उनको तस्बिर प्रकाशित गरेका थिए ।

लडाकु विमानको निरीक्षण गरिरहेको बेला खिचिएको उक्त तस्बिर कहिलेको भन्ने चाहिँ स्पष्ट छैन। तस्बिरमा उनलाई सहज मुद्रामा देखिन्छ । सरकारी सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा त्यसको अघिल्लो दिन उनले एउटा महत्त्वपूर्ण राजनीतिक बैठक गरेको देखिन्छ। तर त्यसपछि उनी बाहिर देखा परेका छैनन् ।

पछि उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको समाचारमा किमबारे कुनै उल्लेख छैन। प्रायः त्यस्ता परीक्षणमा उनको तस्बिर खिचिएको हुन्थ्यो । उत्तर कोरियाबाट भागेका मानिसहरूले सञ्चालन गरेको एउटा वेबसाइटमा किमको स्वास्थ्यसम्बन्धी पहिलो पटक एउटा दाबी प्रकाशित भयो ।

नाम उल्लेख नगरिएको एउटा स्रोतलाई उद्धृत गर्दै डेली एनकेले गत अगस्टदेखि किम मुटु र रक्तनलीसम्बन्धी समस्याबाट पीडित भएको तथा माउन्ट पेक्टुको भ्रमण गरेपछि उनको अवस्था बिग्रिएको दाबी गरेको छ । त्यसपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यही एकल स्रोतका आधारमा विवरणहरू प्रकाशित हुन थाले । त्यसपछि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर निकायले पनि त्यो दाबी कति सत्य हो भनेर बुझ्न खोजिरहेको भन्दै अरू विवरणहरू पनि प्रकाशित भए ।

त्यही बेला अमेरिकी सञ्चारमाध्यममा उत्तर कोरियाली नेता मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा भएको शीर्षकसहित समाचार प्रकाशित भयो । तर दक्षिण कोरिया सरकारले एउटा विज्ञप्ति प्रकाशित गर्दै तथा चिनियाँ गुप्तचर निकायका स्रोतहरूले समाचार संस्था रोएटर्सलाई उक्त समाचार असत्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट