अमेरिकी अर्थतन्त्रमा दशकयताकै ठूलो सङ्कुचन



यसवर्षको पहिलो तीन महिनाको तथ्याङ्कअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो ।

बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ । यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी बिस्तारलाई समाप्त पारिदिएको छ । तर मार्चमा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्याङ्कले सङ्कटको सङ्केत मात्र गर्छ । अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताहरूले बुधवार कोरोनाभाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको बताएका छन् ।

अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने भएको छ। त्यसमा धेरै परिवारलाई प्रत्यक्ष रूपमा दिइने नगद पनि सामेल छ । फेडेरल रिजर्भले सङ्कटकालीन कदमहरूको पनि जानकारी दिएको छ। त्यसमा ब्याजदरलाई शून्यको नजिक पुर्याउनेलगायतका कदमहरू छन् । फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधवार बैंकले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए । उनले अहिलेको सङ्कट निकै तीव्र र गहिरो हुनसक्ने चेतावनी पनि दिए ।

एउटा अनलाइन पत्रकार सम्मेलनमा उनले थप कदमहरू चाल्नुपर्ने आवश्यकता रहेको पनि बताए । मार्च मध्ययता अमेरिकामा २ करोड ६० लाख मानिसहरूले बेरोजगार भएको भन्दै सहायताका लागि आवेदन दिइसकेका छन् ।

अमेरिकामा अहिले ऐतिहासिक रूपमा व्यापार र उपभोक्ताको आत्मविश्वासमा कमी देखिएको छ । कोरोनाभाइरसका कारण चीनमा पनि अर्थतन्त्रमा निकै गिरावट देखिएको छ । यो वर्षको पहिलो तीन महिनामा त्यहाँको अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट देखिएको छ। जुन सन् १९९२ यताकै सबैभन्दा उच्च गिरावट हो । उता, जर्मनीले पनि यस वर्ष ६ दशमलव ३ प्रतिशतको गिरावट आउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकामा एमपक्स सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो

आदिस अबाबा । अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको

६ दिनमा करिब सात हजार सिरियाली लेबनान प्रवेश

बेरुत । आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात

वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्यामा वृद्धि

कोलम्बो । श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाख

चीनद्वारा पाँच वटा उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको