कोरोनाका बारेमा सिआईएले ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलासा



अमेरिकामा कोरोनाभाइरस महामारीको रुप लिनुअघि ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सीआईए)ले संक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलेको छ । बहालबाला अनुसन्धान अधिकारी र केही पूर्व अधिकारीले अमेरिकी अखबार द् वाशिंगटन पोष्टसँगको कुराकानीमा यसप्रकारको खुलासा गरेका हुन् ।

समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति समक्ष दैनिक हुने संक्षिप्त बैठकमा सीआईएका अधिकारीहरुले जनवरी र फेब्रुअरी महिनामा संक्रमण फैल्न सक्ने जोखिमको बारेमा अवगत गराएको उल्लेख गरेको छ । उक्त ध्यानाकर्षणको राष्ट्रपति ट्रम्पले उपेक्षा गरेको उनीहरुको गुनासो छ ।

राष्ट्रपति ट्रम्पसँगको बैठकमा संक्रामक गतिविधिबारे अद्यावधिक सूचना पस्किएपनि उहाँले गम्भिरतापूर्वक नलिदा अमेरिका यस प्रकारको जोखिममा परेको उनीहरुले तर्क गरेका छन् । कोरोनाभाइरस संक्रमणबाट बुधबारसम्म कम्तिमा ५६ हजार बढीको मृत्यु भएको छ ।
फेब्रुअरी २६ मा राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा आगामी दुई दिनभित्र नयाँ थपिने संक्रमित शून्यमा झर्ने दाबी गरेका थिए । त्यत्ति नै बेला अमेरिकामा संक्रमण समुदाय स्तरमा भुसको आगो सरह फैलिदै थियो । मार्च १० मा राष्ट्रपति ट्रम्पले संयमित हुन आग्रह गर्दै केहीदिन भित्रै कोरोनाभाइरस बिलिन हुने बताएका थिए । विश्व स्वास्थ्य संगठनले मार्च ११ मा कोभिड–१९ को संक्रमणलाई विश्वब्यापी महामारी घोषणा गर्यो ।
वाशिंगटन पोष्टका दुईजना वरिष्ठ सम्वाद्दाता ग्रेग मिलर र एलन नकाशिमाका अनुसार अधिकारीहरुले यस प्रकारको चेताबनी दिइरहँदा राष्ट्रपति ट्रम्प इरानसँगको सुरक्षा मामिला र आफ्नो महाभियोगको छलफलमा ब्यस्त थिए । कोभिड–१९ बाट विश्वभरि संक्रमित भएकामध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी

इरानको प्रमुख बन्दरगाहमा विस्फोट, चार जनाको मृत्यु, सयौं घाइते

तेहरान । इरानको दक्षिणी भागमा रहेको शाहिद राजाीमा बन्दरगाहमा भएको एक शक्तिशाली विस्फोटका

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन