लकडाउनका कारण लाखौं अनिच्छित गर्भधारण हुने



संयुक्त राष्ट्रसंघको जनसङ्ख्या कोषले भनेको छ कोरोनाभाइरस सङ्क्रमणले गर्दा उत्पन्न परिस्थितिका कारण ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको छ। यदि हाल लागु गरिएका जस्ता लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशहरूमा ४ करोड ७० लाख महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच गुमाउनेछन्।

त्यसको परिणामस्वरूप ७० लाख अनिच्छित् गर्भधारण हुनसक्ने उसको अनुमान छ। उक्त संस्थाले यो अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि अनुमान गरेको छ।

केही देशहरूमा लकडाउन लागु भएपछि महिलाहरूले घरेलु हिँसाबाट पीडित भएर फोन गरेको घटनाहरू बढेको विवरणहरू आइसकेका छन्।

हाल विश्वभरिमा ३० लाखभन्दा धेरै मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
दुई लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। एउटा परोपकारी संस्थाले कमजोर मुलुकहरूलाई तत्काल सहयोग नगरिए संसारभरि एक अर्बभन्दा धेरै मानिसमा सङ्क्रमण हुनसक्ने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय उद्धार संस्था आइआरसीले कमजोर देशहरूलाई आर्थिक एवं मानवीय सहायता दिन अपिल गरेको छ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा