जर्मनीमा लकडाउन खुकुलो, अब मास्क लगाएर सार्वजनिक स्थानमा हिंड्न पाइने



कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नयाँ नियम लागु भएपछि जर्मनीमा मानिसहरूले घरबाट बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउन थालेका छन् । जर्मनीमा अब सार्वजनिक यातायात र अधिकांश क्षेत्रका पसलभित्र पनि कपडाको मास्क लगाउन अनिवार्य गरिएको छ । उक्त नियम जर्मनीका १६ वटा राज्यमा भिन्नभिन्न तरिकाले कार्यान्वयन गरिएको छ ।

बभरियामा यो नियम निकै कडा छ भने बर्लिनमा पसलेहरूले मास्क नलगाउँदा पनि हुन्छ । तर अधिकारीहरूले उच्च सतर्कताका साथ लकडाउन खुकुलो बनाउने कदम चालेका छन् । विश्वभरि नै विभिन्न मुलुकले आफ्नै ढङ्गले मास्क लगाउने नियम बनाएका छन् । यद्यपि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मानिसहरूलाई बिरामी भएमा, लक्षण देखिएमा वा कोभिड १९ का शङ्कास्पद व्यक्तिहरूको हेरचाह गरेमा मात्र सुरक्षित मास्क लगाउन सल्लाह दिएको छ ।

उसले सर्वसाधारणलाई मास्क लगाउन सिफारिस नगरिएको बताएको छ। किनभने थुकका छिटा र सिँगानका कारण सङ्क्रमण हुन सक्ने तर मानिसलाई सुरक्षित छु भन्ने भ्रम हुन सक्छ । जर्मन सञ्चारमाध्यमका अनुसार शैक्षिक संस्थामा पनि विद्यार्थीहरूले मास्क लगाउनुपर्नेछ। कक्षाकोठामा अनिवार्य नभए पनि बाहिर निस्किँदा सबैले लगाउनुपर्छ । विद्यार्थीलाई अलग अलग राखिएको छ र बेलाबेला कक्षाकोठाहरूमा सफाइ गर्ने तथा सङ्क्रमणनाशक प्रयोग गर्ने गरिएको छ ।

प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू कक्षामा फर्केका छन्। तर अधिकांश विद्यार्थी अझै पनि लकडाउनका कारण घरमै छन् । जर्मन अधिकारीहरूका अनुसार स्टेशन, बस र रेलमा मास्क लगाउनुपर्छ। तर अझै पनि लामो दूरीका रेलमा भने यो नियम लागु भएको छैन । घरमै बनाइएका मास्कहरू प्रयोग गर्न दिइएको छ । मानिसहरूले अस्पतालमा प्रयोग हुने खालका अतिसुरक्षित मानिएका मास्क नै लगाउनुपर्ने बाध्यता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१