आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको ट्रम्पको भनाई



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको बताएका छन् । ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए ।

कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको वारम्वार आलोचना गर्दै आएका छन् । ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्याउन नसकिने बताए ।

कोभिड १९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ । ट्रम्पले आफूले अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहमा पुर्याएको तर त्यसलाई बन्द गर्न दबावमा परेको पनि बताए । उनले परीक्षणहरू बढाउने योजना पनि सार्वजनिक गरेका छन् । अमेरिकामा ५५ हजार जनाभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट