भारतमा कोरोना संक्रमणबाट ८ सय ७२ जनाको मृत्यु, २७ हजार भन्दा बढी संक्रमित



भारतमा कोभिड–१९ बाट संक्रमित हुने २७ हजार ८९२ पुगेको छ । पीटीआईका अनुसार कोभिड–१९ को संक्रमणले भारतमा हालसम्म ८७२ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितमध्ये २० हजार ८३५ जनामा भाइरस सक्रिय रहेको छ । छ हजार १८४ जना संक्रमित निको भई घर फर्केका छन् । कोभिड–१९ संक्रमितमध्ये करिब १११ जना विदेशी नागरिक छन् । सोमबार बिहानसम्म पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा मृत्यु हुने १९ जना छन् । महाराष्ट्रमा सबैभन्दा बढी ३४२ जनाको मृत्यु भएको छ । महाराष्ट्रमै कोभिड–१९ को कुल संक्रमितको करिब एक तिहाइ संक्रमित छन् । पीटीआईका अनुसार भारतको आर्थिक राजधानी महाराष्ट्रमा आठ हजार ६२ जना संक्रमित छन् । गुजरातमा तीन हजार ३०१, नयाँ दिल्लीमा दुई हजार ९१८, राजस्थानमा दुई हजार १८५ तथा मध्यप्रदेशमा दुई हजार ९६ जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना

बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त

ढाका । विद्यार्थीहरूले पदच्युत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको

पहिलो आइभिएफ कङ्गारु भ्रुण उत्पादन गरेको अस्ट्रेलियाको दाबी

  सिड्नी । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको