लकडाउनमा सामाजिक दूरी पालना गर्न भारतीय प्रधानमन्त्री मोदीको आह्वान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार रेडियोबाट देशवासीलाई सम्बोधन गर्दै सबैलाई लकडाउनको नियममा बस्न आह्वान गरेका छन्। भारतमा २४ घण्टामा दुई हजार नयाँ कोरोनाभाइरस सङ्क्रमण भएर कुल सङ्क्रमण सङ्ख्या २६ हजार पुगेपछि मोदीको सो भनाइ आएको हो।
भारतमा हालसम्म ८०० भन्दा बढीले कोभिड १९ का कारण जीवन गुमाइसकेका छन्। सम्बोधनमा मोदीले सामाजिक दूरी पालना गर्न र सार्वजनिक स्थलमा थुक्ने बानी रोक्न आह्वान गरे।
‘हाम्रो शहरमा, हाम्रो गाउँमा, हाम्रो सडकमा, हाम्रो कार्यालयमा कोरोनाभाइरस आइपुगेको छैन र त्यसैले अब आउँदैन भन्ने विश्वास लिएर अतिआत्मविश्वासी नहुन आह्वान गर्छु’,उनले भने। शनिवार भारतका साना पसलहरूलाई सामाजिक दूरी कायम राखेर र आधा मात्रै कर्मचारीलाई मास्क लगाएर काममा राखी पसल खोल्न अनुमति दिइएको छ।