पाकिस्तानद्वारा ‘एन्टी–शिप मिसाइल’ परीक्षण



पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । पाकिस्तानी नौसेनाका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“युद्धपोत र लडाकू जहाजहरूले समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’हरूको परीक्षण गरिएको र तीनले सही निशाना हानेका छन् ।”

पाकिस्तानी नौसेनाका प्रमुख जफर महमूद अब्बासीले क्षेप्यास्त्रहरूको परीक्षणको अवलोकन गर्दै नौसेनाको परिचालन तयारीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो । नौसेना कुनै पनि आक्रमणलाई राम्रो प्रतिक्रिया दिन पूर्णरूपले सक्षम छ । मिसाइलको सफल परीक्षण–प्रदर्शन पाकिस्तानी नौसेनाको प्रतिरक्षा तयारीको प्रमाण भएको अब्बासीले बताउनुभयो ।

पाकिस्तानले गत वर्षको डिसेम्बरमा पनि युद्धपोत र लडाकू जहाजहरूद्वारा समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’को परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी

इरानको प्रमुख बन्दरगाहमा विस्फोट, चार जनाको मृत्यु, सयौं घाइते

तेहरान । इरानको दक्षिणी भागमा रहेको शाहिद राजाीमा बन्दरगाहमा भएको एक शक्तिशाली विस्फोटका

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन