कोरोना संक्रमणबाट अमेरिकामा ५२ हजार भन्दा बढीको मृत्यु


कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघेको छ । शनिबार विहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ५२ हजार १७६ जनाको मृत्यु भएको छ भने इटलीमा २५ हजार ९ सय ६९, स्पेनमा २२ हजार ५ सय २४, फ्रान्समा २२ हजार २ सय ४५, बेलायतमा १९ हजार ५०६ जनाको मृत्यु भएको छ ।