अमेरिकी राष्ट्पति ट्रम्पले बताएका ‘सङ्क्रमण नाश गर्ने सिद्धान्त’को आलोचना



कोभिड-१९को उपचारका निम्ति सङ्क्रमणनाशक वस्तु (डिसइन्फेक्ट्यान्ट)लाई बिरामीको शरीरमा सुईमार्फत् लगाउने सुझाव दिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना भएको छ।

साथै उनले परावैजनी किरणले बिरामीको शरीरलाई सङ्क्रमणमुक्त बनाउन सकिने समेत बताएका थिए। एकजना अधिकारीले सूर्यको किरण तथा सङ्क्रमणनाशक पदार्थले सङ्क्रमण नाश हुने बताएपछि उनले त्यस्तो दाबी गरेका हुन्।उनले भने, “परावैजनी वा अन्य कुनै शक्तिशाली प्रकाशबाट मानौँ हाम्रो शरीरमा प्रहार गरियो भने मलाई लाग्छ त्यसले सङक्रमणलाई एक मिनेटमा नै परास्त गरिदिन्छ।“

तर डाक्टरहरूले राष्ट्रपति ट्रम्पको उपाय घातक हुनसक्ने चेतावनी दिएका छन् । एकजना डाक्टरले यो त गैरजिम्मेवार अनि खतरनाक अभिव्यक्ति भएको बताए । उनले सङ्क्रमणनाशक पदार्थ खाने वा सुई हाल्ने नगर्न आग्रह गरे । श्वासप्रश्वास सम्बन्धी चिकित्सक भिन गुप्ताले यस्ता बस्तुको सुई हाल्ने वा सफाइसँग जोडिएका उत्पादन खाने अवधारणा गैरजिम्मेवार र घातक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाबारे अरब समुदायको विचार सुन्न अमेरिका इच्छुक

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

क्वेटा ।  दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १०

अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने